काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन लोकतान्त्रिक संस्कृतिको आवश्यकता अपरिहार्य रहेको बताएका छन्।

पार्टीको पोलिटब्युरो बैठक जारी रहेका बेला पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “आन्तरिक लोकतन्त्र सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ। त्यसको अभावमा आन्तरिक लोकतन्त्रले फस्टाउन सक्दैन।”

advertisement

हाल च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको पोलिटब्युरो बैठक जारी छ। बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गरेको नयाँ विधान मस्यौदामाथि गहिरो छलफल भइरहेको छ।

विधान मस्यौदामाथि नेताहरूले आ–आफ्ना धारणा राख्दै सुझाव प्रस्तुत गरिरहेका छन्। पोखरेलको अभिव्यक्तिलाई विधान निर्माण प्रक्रियामा स्वस्थ बहस र लोकतान्त्रिक अभ्यासको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com