काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज पनि जारी छ। बैठकमा आगामी विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदनमाथि गम्भीर छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

प्रमुख गौतमका अनुसार बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। “प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आजै टुंग्याउने निर्देशन दिनुभएको छ,” गौतमले भने।

advertisement

बैठकमा सहभागी नेताहरूले प्रदेश तथा स्थानीय तहका कमिटीलाई थप कार्यकारी र प्रभावकारी बनाउने विषयमा जिल्ला कमिटीहरूसँग समन्वय गर्नुपर्ने सुझाव पनि दिएका छन्। बैठकमा नेताहरूले विधान संशोधन प्रस्तावसँगै ७० वर्ष उमेर सीमा, दुई कार्यकालको सिमांकन, तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सहभागिताजस्ता संवेदनशील विषयमा धारणा राखेका छन्।

यसअघि, बिहीबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनलाई अनुमोदन गरिसकेको छ।

पार्टी स्रोतका अनुसार आजको बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत गरिने दस्तावेजहरूमा अन्तिम रूप दिने तयारी गरेको छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com