काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गरिएको पदमुक्त निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन्।

आइतबार केही निकटस्थ नेतासहित आयोग पुगेका गिरीले आफूलाई अन्यायपूर्वक पदमुक्त गरिएको दाबी गर्दै पार्टी विधानको उलङ्घन भएको उल्लेख गरेका छन्। उजुरी दर्तापछि उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “पार्टीको संविधानअनुसार नभई व्यक्तिगत मनोमानीका आधारमा पदमुक्त गर्ने काम गरिएको छ, जुन अस्वीकार्य छ।”

advertisement

उनका अनुसार राप्रपा वर्तमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको दल भएकाले विधान मिचेर पदाधिकारी निलम्बन वा हटाउने अधिकार कसैसँग छैन। “पार्टीको विधानविपरीत निर्णय गरिएको छ। यसले मेरो राजनीतिक जीवन र पार्टीप्रतिको योगदानमाथि आघात पुर्याएको छ,” गिरीले भने।

गिरीले पार्टीभित्र एकता कायम गर्न आवश्यक रहेको भन्दै नेतृत्वले आफ्ना निर्णय सच्याउनुपर्ने माग समेत गरेका छन्। “एकता बिना पार्टीले उद्देश्य हासिल गर्न सक्दैन। त्यसका लागि नेतृत्वले गरिएको गल्ती सुधार्नु जरुरी छ,” उनले जोड दिए।

गिरीले विधानअनुसार पार्टी सञ्चालन नभएसम्म आन्तरिक समस्या समाधान नहुने र त्यसले संगठनलाई कमजोर बनाउने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com