काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पुगेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको तयारीमा पुगेकी छन्। एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरिसकेकी भण्डारीको आगमनलाई राजनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

तर, एमाले नेतृत्व भने उनको पार्टी पुन: प्रवेशप्रति स्पष्ट धारणा बनाउन अझै हिच्किचाइरहेको देखिएको छ। हालै सम्पन्न पोलिटब्यूरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया पेन्डिङमा रहेको निष्कर्ष निकाल्दै तत्कालिक रूपमा उनलाई पार्टी नेतृत्वमा समावेश गर्न नसकिने निर्णय गरेको थियो।

advertisement

गत असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा एमालेमा सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्। तर, त्यसयता एमाले अध्यक्ष ओलीसँग उनको प्रत्यक्ष भेट नभएको पृष्ठभूमिमा शनिबारको च्यासल भ्रमणलाई चासोपूर्वक हेरिएको हो।

भण्डारी च्यासल पुगे पनि प्रधानमन्त्री ओली भने कार्यालयमा अनुपस्थित रहेका कारण भेटवार्ता हुन सकेको छैन। एमाले नेतृत्व भित्र भण्डारीको भूमिकाबारे छलफल जारी रहेकाले निकट भविष्यमै उनको भूमिकाको टुंगो लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com