काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नेकपा एमालेको सदस्यता पहिल्यै नवीकरण भइसकेको स्पष्ट पारेकी छिन्।
आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग च्यासलस्थित पार्टी मुख्यालयमा करिब दुई घण्टा एकान्त भेटवार्ता पछि सञ्चारकर्मीसँग बोल्दै उनले राष्ट्रिय राजनीति केन्द्रमा राखेर मात्र कुराकानी भएको बताइन्।
“ओलीजीसँग राष्ट्रिय राजनीतिको विषयमा मात्र कुराकानी भयो,” भण्डारीले भनिन्, “सदस्यता मैले पहिल्यै नवीकरण गरिसकेको छु, बाँकी प्रक्रिया आधिकारिक च्यानलबाट अगाडि बढ्छ।”
स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार, छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित थियो। भेटपछि दुबै नेता पार्टी कार्यालयबाट बाहिरिएका छन्।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया