काठमाडाैं । सुर्खेत जिल्लाकाे विरेन्द्नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेपछि राप्रपा सुर्खेतको कार्यालयमा तालाबन्दी गरिएको छ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, सुर्खेतले सोमबार पार्टी कार्यालयमा तालाबन्दी गर्दै नेतृत्वको निर्णयप्रति विरोध जनाएको हो। संगठनले जारी गरेको विज्ञप्तिमा पार्टीले गिरीमाथिको कारबाहीबारे स्पष्ट र आधिकारिक धारणा सार्वजनिक नगरेसम्म तालाबन्दी जारी रहने चेतावनी दिइएको छ।

advertisement

गिरीलाई साउन २ गते उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाउने निर्णय अध्यक्ष लिङ्देनले गरेका थिए। सो निर्णयविरुद्ध गिरीले निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गराइसकेका छन्।

पार्टीभित्र पछिल्लो समय आन्तरिक कलह चुलिँदै गएको छ। अध्यक्ष लिङ्देनले आफैंले मनोनयन गरेका नेताहरूबाट नै घेराबन्दी भइरहेको भन्दै हालसम्म तीनजना नेताहरूलाई पदमुक्त गरिसकेका छन्।

उक्त घटनाले राप्रपाभित्रको आन्तरिक मतभेद गहिरिँदै गएको स्पष्ट देखिएको छ भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र यस विषयमा अहिलेसम्म मौन रहेका छन्।

 

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com