काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पदमा टाँसिएर बस्ने प्रवृत्तिको तीव्र आलोचना गरेका छन्। उनले नेताहरूको व्यक्तिगत जीवनमा परिवर्तन देखिए पनि देशको समग्र अवस्था भने स्थिर र निराशाजनक रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका सिंहले हालै नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षे उमेरहद लागू गर्दा आफूले जेल बसेको १४ वर्ष घटाउनुपर्ने तर्कप्रति व्यङ्ग्य गर्दै सबै दलका नेताहरू सत्ताको मोहबाट बाहिरिन नसकेको संकेत गरेका छन्।

advertisement

उनले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, “सबै पार्टीका शीर्ष नेताहरू अध्यक्ष र प्रधानमन्त्रीको कुर्सी नछाड्ने मनस्थितिमा छन्। देशको अवस्था निराशाजनक रहेको बेला पनि उनीहरूप्रति भक्तिभाव राख्नेहरूको संख्या भने झनै बढिरहेको छ।”

सिंहले अझ अगाडि लेखेका छन्, “बरु सबै दलका विधानमा ‘एक पटक अध्यक्ष भएपछि आजीवन अध्यक्ष रहने’ प्रावधान नै थपे राम्रो हुन्थ्यो।”

उनको टिप्पणीले लामो समयदेखि दलहरूमा नेतृत्व परिवर्तन नहुनु, वैकल्पिक नेतृत्वको अभाव, र जनताका समस्याप्रति उदासिनता जस्ता विषयमा पुनः बहस सुरू गराएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com