काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीका लागि कसैलाई पनि ‘ग्रिन सिग्नल’ नदिएको स्पष्ट पारेका छन्।

मंगलबार बिहान बुढानीलकण्ठ निवासमा देउवासँग भेट गर्न पुगेका पूर्वपदाधिकारीहरू  विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महतले सभापति चयनबारे देउवाको धारणा मागेका थिए।

advertisement

भेटमा सभापति देउवाले, “मैले कसैलाई उम्मेदवार बनाउँछु भनेर कुनै बचन दिएको छैन,” भन्ने जवाफ दिएको पूर्वउपसभापति श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले १४ औं महाधिवेशनमा सहयोग गरेकाले अबको पालो आफूलाई हुने अपेक्षा व्यक्त गरेका थिए। जवाफमा देउवाले सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका थिए।

भेटमा केही नेताहरूले महाधिवेशनको तयारी भन्दै प्रचार अभियान थालेकोप्रति पनि चासो व्यक्त गरेका थिए। देउवा भने सो विषयमा मौन बसेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com