काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई स्मरण गरेका हुन्। प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली।”

advertisement

पुष्पलाल श्रेष्ठको योगदानलाई सम्झँदै मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइएको छ। वि.सं. १९८१ साल असार १५ गते रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ऐतिहासिक कृति कम्युनिस्ट म्यानिफेस्टो (सन् १८४८) लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए।

नेता पुष्पलालकै नेतृत्वमा वि.सं. २००६ वैशाख १० गते नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो। उनी पार्टीका संस्थापक महासचिवसमेत थिए। उनको वि.सं. २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com