काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र देखिएको अन्यायविरुद्ध आवाज उठाउन कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नआउन एमाले केन्द्रीय कमिटीले निर्णय गरेपछि विद्या निकट नेताका रूपमा चिनिएका थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
बुधबार बिहान सार्वजनिक गरिएको पोस्टमा थापाले पार्टीमा व्याप्त घृणा, अपमान र निषेधको अन्त्य गर्दै जबज (जनताको बहुदलीय जनवाद) का मूल्य र मान्यतालाई पुनःस्थापित गर्न आग्रह गरेका छन्।
“स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ,” भन्दै उनले विवेकशील कार्यकर्ताहरूलाई अन्यायविरुद्ध उठ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
थापाको यो भनाइ एमालेको पछिल्लो निर्णयप्रति असन्तुष्टिपूर्ण संकेतका रूपमा विश्लेषण भइरहेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया