काठमाडौं ।  नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीमाथि कारबाहीको माग गरेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले भ्रष्टाचार प्रकरणमा मुछिएका व्यक्तिहरूलाई कारबाहीबिना हटाउनु मात्रै पर्याप्त नहुने स्पष्ट पारे।

मोदीले सरकारको पछिल्लो कदमलाई अपूरो भन्दै भने, “एक जना मन्त्रीलाई मात्र फिर्ता बोलाइएको छ, तर त्यससँग जोडिएका अन्य मन्त्रीहरूलाई न निलम्बन गरिएको छ, न कारबाही। सरकार यसबारे जवाफदेही हुनुपर्छ।”

advertisement

उनले भूमि र सहकारी मन्त्रालयसम्बन्धी अडियो काण्डमा मुछिएका व्यक्तिको ठोस छानबिन र आवश्यक कारबाहीको माग गर्दै सरकारको मौनताप्रति आपत्ति जनाए ।

सांसद मोदीले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने विषयमा प्रधानमन्त्रीकै रुचि रहेको चर्चा भइरहेको भन्दै त्यसप्रति पनि प्रश्न उठाए। साथै, शिक्षकहरूसँग भएको सहमतिअनुसार शिक्षा विधेयक नल्याएको भन्दै उनले सरकारको व्यवहारप्रति असन्तोष व्यक्त गरे ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com