काठमाडौं । सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले एमालेको पछिल्लो निर्णय र त्यसमा जनताको प्रतिक्रिया प्रति आलोचना गरेकी हुन्।
उनले लेखेकी छन्, “तपाईंहरू मध्ये कतिजना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें।” उनले पार्टीको निर्णयमा अचम्म मान्नुको साटो त्यसमा देखिएको रणनीतिलाई नै स्वाभाविक भनेकी छन्।
उषाकिरणले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा एमालेप्रति आफ्नो परिवारको झुकावबारे पनि खुलासा गरेकी छन्। उनका अनुसार आमा विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा संलग्न नहुन आग्रह गरे पनि पार्टीप्रति नैतिक समर्थन जनाउन प्रेरित गर्थिन्।
तर पछिल्लो एक महिनायता उनले त्यस्तो नैतिक समर्थन दिन नसकिने अवस्था आएको भन्दै असन्तुष्टि प्रकट गरेकी छन्। उनले लेखेकी छन्, “नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्, र नैतिक समर्थन खोज्दैनन् पनि।”
उनले उक्त अभिव्यक्ति नेकपा संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा लेखेकी हुन्। उनले सन्देशको अन्त्यमा पछिल्लो घटनाक्रमले आफूभित्र संचित अनुभूति सार्वजनिक गर्ने अवसर दिएको जनाएकी छन्।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया