काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबार प्रतिनिधिसभाको बैठकमा उभिएर विरोध जनाएका छन्।

निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो गरी सुरु भएको बैठकको प्रारम्भमै दुवै पार्टीका सांसदहरू विरोधस्वरूप उठेका हुन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू एकैसाथ उभिएर असन्तुष्टि प्रकट गरेका थिए।

advertisement

विरोधपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीलाई बोल्ने अनुमति दिएका थिए। हाल प्रतिनिधिसभामा सांसद कार्की आफ्नो धारणा राखिरहेकी छन्।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com