काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक निर्माणमा गुणस्तर कायम गर्न र बजेट कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गर्न सचिव तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा वीरेन्द्रनगरमा आयोजित वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीमा उनले योजनाको ढिलासुस्ती, खर्चको असन्तुलन, अनुगमन कमजोरी र गुणस्तरहीन निर्माण दोहोरिन नदिन चेतावनी दिए।
मुख्यमन्त्री कँडेलले योजना कागजमै सीमित नरहोस् भन्दै समयमै कार्यान्वयन र समन्वयमा जोड दिए। साथै, विगतका कमजोरीबाट पाठ सिक्दै चालु वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैलाई आग्रह गरे ।
गोष्ठीमा प्रदेश मन्त्री, सचिव, विभागीय प्रमुख तथा दस जिल्लाका कार्यालय प्रमुखहरूको सहभागिता थियो। सहभागीहरूले योजना कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया