काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आज आइतबार साँझ स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गर्दै छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ६ बजे उनले जेनेभाका लागि उडान भर्ने कार्यक्रम तय भएको हो।

सभामुख घिमिरे जेनेभामा हुने अन्तर्राष्ट्रिय सभामुखहरूको सम्मेलनमा सहभागी हुन जान लागेका हुन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, सम्मेलनमा सभामुख घिमिरेले दुई फरक सेसनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

advertisement

“सभामुखज्यूले ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ विषयक सत्रमा सहभागी भई सम्बोधन गर्नुहुनेछ,” अधिकारीले जानकारी दिए।

प्रत्येक पाँच वर्षमा आयोजना हुने यो सम्मेलनमा विश्वभरका सभामुखहरू एकैसाथ भेला भई समसामयिक विश्व चुनौती, संसदीय भूमिकाको प्रभावकारिता र अन्तर्राष्ट्रिय सहकार्यका विविध पक्षमा छलफल गर्ने गरिन्छ। यसपटकको सम्मेलनमा नेपालले सभामुख घिमिरेमार्फत आफ्नो धारणा र अनुभव प्रस्तुत गर्नेछ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com