काठमाडौं ।  पूर्व कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मधेसमा पाँच सय डिप बोरिङ निर्माण गर्ने घोषणालाई व्यवहारिक नभएको बताएका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै डा. भुसालले मधेसमा डिप बोरिङमार्फत सिँचाइको सम्भावना सीमित रहेको भन्दै यस्तो योजना व्यावहारिकरूपमा कार्यान्वयन गर्न कठिन हुने टिप्पणी गरे।

advertisement

‘प्रधानमन्त्रीज्यूले ५ सय डिप बोरिङ गाड्छौं भन्नुभएछ,’ भन्दै उनले प्रश्न उठाए, ‘५ सय डिप बोरिङ गाड्न सजिलो छ प्रधानमन्त्रीज्यू?’

उनका अनुसार एउटा डिप बोरिङ निर्माणका लागि औसतमा एक करोड रुपैयाँ खर्च लाग्छ र त्यसबाट ३० हेक्टर (४० बिगाहा) जमिनमा मात्रै सिँचाइ सम्भव हुन्छ।

‘५ सय डिप बोरिङ गाड्दा जम्मा १५ हजार हेक्टरमा सिँचाइ पुग्छ, त्यसका लागि ५ अर्ब रुपैयाँ लाग्छ,’ भुसालले बताए, ‘यस्तो योजना व्यवहारमा लागु गर्न सकिने खालको छैन।’

भुसालले प्रधानमन्त्रीको यसअघि गरेका थुप्रै घोषणाहरू जस्तै यो घोषणापनि अन्ततः बेकम्मा हुने दाबी गरे। उनले मधेसका नदीहरूमा बग्ने पानीको व्यवस्थापन र दीगो सिँचाइ योजनाको खाँचो औँल्याउँदै प्राकृतिक स्रोतको दीर्घकालीन उपयोगमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रममा मधेस प्रदेशका सुक्खाग्रस्त क्षेत्रहरूमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए। सरकारको उक्त घोषणामाथि प्रतिपक्षी सांसदहरूले आलोचना गरेका छन्।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com