काठमाडौं । कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो टेस्टमा बराबरी गरेको छ।

पहिलो पारीमा ३११ रनले पछि परेको भारतले दोस्रो पारीमा चार विकेटको क्षतिमा ४२५ रन जोडेको हो।

advertisement

भारतका लागि कप्तान गिलसँगै वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले शतक प्रहार गरे। तनावपूर्ण खेलमा ५ पारीमा भारतले दुई विकेट मात्र गुमाएको हो।

भारतका कप्तान गिल र के एल राहुलले तेस्रो विकेटका लागि १८८ रनको साझेदारी गरे भने वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले अविजित २०३ रनको साझेदारी गरे।

पहिलो पारीमा भारतले ३५८ रन जोडेको थियो भने इंग्लयान्डले ६६९ रन जोडेको थियो। भारतले विना कुनै रन दुई विकेट गुमाएपछि दोस्रो पारीको सुरुवातमा नै दबाब परेको थियो। यसपछि राहुलले ९० तथा गिलले १०३ रन प्रहार गरे। सुन्दर १०१ तथा जडेजा १०७ रनमा अविजित रहे।

एउटै टेस्ट शृङ्खलामा कप्तानको रूपमा चार शतक प्रहार गर्ने तेस्रो ब्याट्सम्यान भएसँगै भारतको संकट टरेको हो। पहिलो पारीमा आठौँ क्रममा ब्याटिङ गरेका सुन्दर दोस्रो पारीमा पाँचौँ क्रममा उक्लिएका हुन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com