काठमाडौं । करुण नैरको अर्धशतकका कारण भारतले इंग्ल्यान्डसँगको पाँचौँ तथा अन्तिम टेस्टमा मध्यम स्कोर खडा गर्ने सम्भावना देखिएको छ। १५३ रनमा ६ विकेट गुमाएको भारतका लागि वासिङ्टन सुन्दर र नैरले सातौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरेका छन्।

दोस्रो दिन शुक्रबार नैरले ५२ तथा सुन्दरले १९ रनबाट खेल्न सुरु गर्ने छन्।

advertisement

इंग्ल्यान्डविरुद्ध कमजोर देखिएको भारतको ब्याटिङ लाइनमा ६ विकेट जाँदासम्म एउटा मात्र अर्धशतक बन्न सकेको हो। ओपनर यशस्वी जैसवाल २ रनमा आउट हुँदा केएल राहुलले १४ रन जोडे। शाही सुदर्शनले १०८ बलको सामना गरेर ३८ रन बनाउँदा कप्तान शुभमन गिल ३५ बलमा २१ रन जोड्दै रन आउट भए। ध्रुव जुरेलले १९ रन बनाए भने रविन्द्र जडेजा ९ रनमै आउट भए।

इङ्ग्याल्यान्डका जोस एटकिन्सन र जोस टङ्गले समान २ विकेट लिएका छन्।

 

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com