काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्न शर्माले विरुद्धमा बोलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज (शुक्रबार) बाट सुरु भएको स्थायी समिति बैठकमा प्रचण्डले विधिभन्दा बाहिर गएर नबोल्न र अनुशासनमा रहन चेतावनी दिएका हुन् । जनार्दनले विधिन्दा बाहिर गएर बोल्दा राम्रो सन्देश नगएको प्रचण्डको भनाइ छ ।

advertisement

पछिल्लो समय माओवादीमा अन्तरसंघर्ष चुलिएको छ । पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा आरोप–प्रत्यारोपमै उत्रिएका छन् । उपमहासचिव शर्माले सार्वजनिक कार्यक्रममा मनमोहनपछिका सबै कम्युनिष्ट प्रधानमन्त्री असुली धन्दामा लागेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई काउन्टर दिँदै भोलिपल्टै प्रचण्डले आफूले पार्टीमा प्रशस्तै सिगौरी खेल्ने ठाउँ दिएको बताएका थिए ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com