काठमाडौं । भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना देखाएको छ।

पहिलो पारीमा २२४ रनमा सीमित भारतले घरेलु टोली इंग्ल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको थियो। दोस्रो पारीमा ३९६ रन जोड्दै भारतले इंग्ल्यान्डलाई ३७४ रनको लक्ष्य दिएको छ। शनिबार तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले एक विकेटको क्षतिमा ५० रन जोडेको छ।

advertisement

भारतका लागि यशस्वी जयसवालले शतक प्रहार गरे। १६४ बलको सामना गरेका उनले ११८ रन जोडे। उनको यो छैटौँ शतक हो। आकाश दीपले अस्वाभाविक रूपमा ६६ रनको योगदान गरे। चौथो क्रममा ब्याटिङ गरेका उनले ९४ बलको सामना गर्दै ६६ रन जोडेका हुन्।

सातौँ क्रममा ब्याटिङ गरेका रवीन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान ५३ रन प्रहार गरे। इंग्ल्यान्डका जोस टङ्गले पाँच तथा गुस एटकिन्सनले तीन विकेट लिए। जेमि ओभरटनले दुई विकेटको सफलता पाए। दोस्रो पारीमा इङ्गल्यान्डका बेन डकेट ३४ रनमा अविजित छन्।

अन्तिम दुई दिनमा इंग्ल्यान्डलाई जितका लागि ३२४ रन आवश्यक छ भने भारतका लागि ९ विकेट आवश्यक छ। इंगल्यान्डले पहिलो टेस्टमा ३७१ रनको लक्ष्य पुरा गरिसकेको छ।

 

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com