काठमाडौं । एमाले नेता शंकर पोखरेलले बहुविवाहसम्बन्धी सार्वजनिक बहसप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कुनै एक प्रशासकको विचारलाई समग्र राज्यको धारणा सरह व्याख्या गरिनु आपत्तिजनक भएको बताएका छन्।
“कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन,” पोखरेलले लेखेका छन्, “सिंगो राज्य नै बहुविवाह पक्षमा उभिएको जस्तो गरी बहस हुनु दुःखद पक्ष हो।”
हालै एक प्रशासकले बहुविवाहसम्बन्धी अभिव्यक्ति दिएपछि सामाजिक तथा राजनीतिक वृत्तमा त्यस विषयमा व्यापक बहस सुरु भएको छ। त्यसैको सन्दर्भमा पोखरेलको टिप्पणी आएको हो।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया