काठमाडौं । भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड जितको नजिक पुगेको छ। ओभलमा जारी टेस्टको अन्तिम दिनको खेल बाँकी रहँदा इंग्ल्यान्डलाई जितका लागि ३५ रन आवस्यक छ। भारतले जित्ने भए ३५ रन नपुग्दै चार विकेट लिनुपर्नेछ।

इंग्ल्यान्डका जेमी ओभरटन शून्य तथा जेमी स्मिथ दुई रनबाट अन्तिम दिनको खेल सुरु गर्नेछन्। ३७४ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३३९ रन जोडेको छ।

advertisement

घरेलु टोलीका लागि जोए रुटले १०५ तथा हेरी ब्रुकले १११ रन जोडे। ब्रुकले ९१ बलमा नै शतक प्रहार गरे। रुटको भने यो ३९ औँ टेस्ट शतक हो। भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिएका छन्।

 

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com