काठमाडाैं । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरू हुनेछ। यो बैठक लगातार तेस्रो दिनको बैठक हो।
उनका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीमा उठाइएका प्रस्ताव तथा एजेन्डाबारे आफ्ना धारणा र जवाफ प्रस्तुत गर्नेछन्।
शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष दाहालले विभिन्न प्रस्ताव र कार्यसूचीहरू पेश गरेका थिए। त्यसपछि शनिबारदेखि स्थायी कमिटी सदस्यहरूले ती प्रस्तावबारे आ–आफ्नो मत राख्दै आएका छन्।
प्रवक्ता सापकोटाका अनुसार, अध्यक्ष दाहालको जवाफपछि आवश्यक निर्णय लिँदै बैठक आजै समापन गरिनेछ। साथै, बैठकले पार्टीको आगामी केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्नेछ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया