काठमाडौं । व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ (एक्सटर्सन) लिएको अभियोगमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासमा सुनुवाइ हुने भएको छ।

यसअघि २०८१ माघ ६ गते जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

advertisement

भारतीय आपराधिक समूहका नाइके लरेन्स बिश्नोइको नाममा नेपालका व्यवसायीहरूलाई धम्क्याएर पैसा असुली गरेको आरोपमा दुर्गा प्रसाईं, पाँचथर निवासी हरिचन्द्र फुयल उर्फ ‘नविन’ र तेह्रथुम स्थायी भई बिर्तामोड बसोबास गर्दै आएका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले प्रतिवादी हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो। भारतमै बसेर उनले नेपाली व्यवसायीहरूलाई फोनमार्फत धम्क्याउँदै रकम असुल्ने काम गरेको प्रमाण फेला परेको प्रहरीको दाबी छ।

फुयलले दुर्गा प्रसाईंको नेतृत्वमा सञ्चालित ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’लाई सहयोग नगरे ‘सिध्याइदिन्छु’ भन्दै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com