काठमाडौं । नेकपा एमालेकी प्रमुख सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको विषयमा संसदमा कडा आपत्ति जनाएकी छन्। उनले यसबारे स्पष्ट जानकारी दिन कानून मन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले बहुविवाहजस्तो संवेदनशील विषयमा भइरहेको बहसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बद्ध मन्त्रालयको औपचारिक धारणा माग गरिन्।

advertisement

उनले भनिन्, “सामाजिक दृष्टिले हेर्दा बहुविवाह असामाजिक व्यवहार हो भने कानुनी दृष्टिले यो गैरकानुनी कार्य हो। यस्तो गम्भीर विषयमा यदि कानून निर्माणको प्रक्रिया अघि बढेको हो भने, अहिले उठेको वास्तविक विषयवस्तु के हो ? यसको स्पष्टीकरण आवश्यक छ।”

बरालले बहुविवाहजस्तो संवेदनशील विषयमा अस्पष्ट र भ्रामक चर्चाले समाजमा गलत सन्देश जाने खतरा औंल्याउँदै कानूनमन्त्री चौरासियाले सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग राखेकी हुन्।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com