काठमाडौं ।  नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)माथि झूटो प्रचार गरेर संसदको गरिमा कमजोर बनाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले दुई दल ७० दिनदेखि संसदमा बोलेर बैठक बहिष्कार गर्दै आएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाए।

advertisement

“कति दिनसम्म संसदलाई गाली गर्ने? सधैँ भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनिने, के भिजिट भिसा भनेको मानव तस्करी हो? भिजिट भिसामा जान सांसदहरू नै नगएका हुन् त?” उनले प्रश्न गरे।

उनले रास्वपा र राप्रपाले ‘गोयबल्स शैली’मा झूटो कुरा दोहोर्याएर प्रचार गरिरहेको आरोप लगाए। “जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम बन्द हुनुपर्छ,” उनले भने।

सांसद घिमिरेले संसदको मर्यादा जोगाउन सबै दलहरू जिम्मेवार हुनुपर्ने भन्दै “गालीगलौजको प्रतिवादमा उत्रिन नपरोस्” भन्दै चेतावनी पनि दिए।

उनका अनुसार रास्वपा र राप्रपाले उठाएका विषयहरूप्रति सरकार र संसद दुवैले आवश्यक ध्यान दिइसकेको भन्दै बारम्बार एउटै विषय उठाएर संसदलाई अवरोध गर्नु अनुचित भएको बताए।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com