काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि तिहारअघि बस्ने निर्णय गरेको छ। साथै, केही समयअघि रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि पुनः सुरु गर्ने भएको छ।
पार्टीको मंगलबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले दुवै निर्णयबारे जानकारी गराएका हुन्।
उनका अनुसार, दशैं सकिएलगत्तै तिहारअघि कुनै उपयुक्त समयमा केन्द्रीय समिति बैठक बस्ने सहमति भएको हो।
“केन्द्रीय समितिको बैठक दशैंपछि र तिहार अघिको समयमा बस्ने निर्णय भएको छ,” सापकोटाले भने।
त्यसैगरी, पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग पदयात्रा अभियानलाई भदौ १५ गतेदेखि फेरि ताप्लेजुङसम्म विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ। अभियानलाई पार्टीले राजनीतिक जागरण, जनसंपर्क र सुदूर पूर्वसम्म पहुँच विस्तारको माध्यमका रूपमा अघि बढाउन लागेको बताइएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया