काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू अहिले पनि राजावादी भएको बताएका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफूमा अहिले पनि राजा र राज संस्थाप्रति माया रहेको बताएका हुन्।

‘राजा र राजसंस्थाप्रति माया छ’ उनले भने ‘आफूलाई राजावादी भन्नेहरूलाई भन्छु म अहिले पनि एक इन्च उनीहरूभन्दा आफूलाई कम राजावादी ठान्दिनँ ।’

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि निर्मल निवासको चलखेल बढेको भन्दै थापा रुष्ट भएका थिए । तर, उनले आफ्नो पार्टीको नीतिमा अहिले राजसंस्था पुन:स्थापनाको एजेन्डा नसमेटेको बताए।

सनातन हिन्दू राष्ट्र पुन:स्थापना गर्न आवश्यक रहेको भन्दै थापाले शासकीय स्वरूप र संरचनामा पनि परिवर्तन गर्नुपर्ने टिप्पणी गरे।

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com