काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विधेयकमा भएको अनियमितता र चलखेलमा सभापति खतिवडा प्रत्यक्ष संलग्न रहेको संसदीय छानबिन समितिको प्रतिवेदनले देखाएको दाबी गरे। उनले यस्तो कार्यबाट खतिवडाले आफ्नो नैतिक धरातल गुमाइसकेको र अब पदमा बसिरहन मिल्दैन भने।

advertisement

‘समितिको प्रतिवेदन अनुसार सभापतिजी नै दोषी देखिनुहुन्छ। यस्तो अवस्थामा उहाँले आफूले नैतिक जिम्मेवारी लिएर तत्काल राजीनामा दिनुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा हो,’ उनले भने।

प्रवक्ता झाले रास्वपाको सचिवालय बैठकले पनि यही निष्कर्ष निकाल्दै सभापति खतिवडाले पदत्याग गर्नुपर्ने निर्णय गरिसकेको जानकारी दिए। उनले थपे, ‘यस्तो गम्भीर विषयमा आँखा चिम्लेर नालायकी देखाएर बस्नु उपयुक्त हुँदैन।’

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com