काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग संवाद नगरेकोप्रति असन्तुष्टि जनाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई ती दलहरूसँग वार्तामा बस्न आग्रह गरे।

सापकोटाले संसद बहिष्कार गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूप्रति असहमति जनाउँदै पनि संवादको आवश्यकता औंल्याए। “लोकतन्त्र भनेको बहस र संवादको प्रक्रिया हो। तर महिनौंसम्म दुई दल बाहिर रहँदा सरकारले संवादको पहल गरेन, बोलायो पनि छैन। गाली गरेर मात्र समाधान हुन्न,” उनले स्पष्ट पारे।

advertisement

उनले समाजमा ‘प्रियतावादी’ प्रवृत्ति हुने भन्दै आलोचना मात्र गरेर जनताको विश्वास जित्न नसकिने उल्लेख गरे। “तिनीहरूलाई गाली गरेर जनता पत्याउँछन् भन्ने सोच गलत हो। छलफल र संवाद आवश्यक छ,” सापकोटाले भने।

साथै, सांसद सापकोटाले सरकारले अघि सारेको आर्थिक सुधार, सुशासन र संविधान संशोधनका एजेन्डा व्यवहारमा कति पनि लागू नभएको टिप्पणी गरे। उनले वर्तमान सरकारभित्रै रहेका केही मन्त्रीहरू भ्रष्टाचारमा मुछिँदा समेत नेतृत्व मौन रहेको आरोप लगाए।

भूमि व्यवस्थामन्त्री बलराम अधिकारी लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिँदा पनि उनलाई नेतृत्वले संरक्षण गरिरहेको सापकोटाको दाबी छ। “भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्नु गलत संकेत हो,” उनले चेतावनी दिए।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com