काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बुधबार भेटवार्ता भएको छ।

भेटवार्तामा दुवै नेताबीच पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको जनाइएको छ।

advertisement

यसअघि माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकताको प्रस्ताव पारित गर्दै औपचारिक वार्ता अघि बढाउने निर्णय गरेको थियो।

तर विप्लव नेतृत्वको नेकपाको अनौपचारिक स्थायी समिति बैठकले एकताको उद्देश्य र वैचारिक आधार स्पष्ट गर्न माओवादी केन्द्रलाई आग्रह गर्दै आएको छ।

यसै सन्दर्भमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले माओवादी केन्द्रको एकता प्रस्तावलाई “हावामा हानेको तीर” जस्तो प्रतिक्रिया दिएका छन्।

उनले वैचारिक स्पष्टता, रणनीतिक लक्ष्य र राजनीतिक व्यवहारको सुस्पष्ट आधारबिना पार्टी एकता सम्भव नहुने संकेत गरेका छन्।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com