काठमाडौं । प्रविधि र उद्यमशीलतामा सक्रिय केही युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। नवप्रवेशीमध्ये सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बसकोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना रहेका छन्।
उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा पार्टीमा स्वागत गरेका छन्। अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
साथै, प्रचण्डले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षणका लागि पार्टी निरन्तर संघर्षरत रहेको उल्लेख गरे। उनले नवप्रवेशी युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत र संगठनात्मक अभियानमा सक्रिय योगदान दिन र उत्पादन तथा उद्यमशीलतामा लाग्न आह्वान गरे।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया