काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र, एकान्तकुनामा उपचार गरी स्वास्थ्य लाभ गर्नुभएका खुम बहादुर बिकलाई आर्थिक सहयोग गरेका छन्।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई अक्षेरूपी २ लाखको चेक हस्तान्तरण गरेका हुन्।

advertisement

जनमुक्ति सेनामा समेत सक्रिय रहनुभएका खुम बहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारी गरेका छन।

सो अवसरमा अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै यस सस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com