काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो शक्ति अरु कोही नहुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित स्व. प्रदीप गिरी स्मृति सभालाई सम्बोधन गर्दै देउवाले आफू कुनै जादुजालका कारण प्रधानमन्त्री नभई जनताको समर्थन र सांसदहरूको सहयोगका आधारमा सरकारको नेतृत्वमा पुगेको बताए।

advertisement

उनले भने, “धेरै दलका नेताहरू मेरो विपक्षमा लाग्नुभयो, डडेलधुराबाट हार्छ भनी भविष्यवाणी गर्नुभयो। तर जनताले विश्वास गरेर जिताइदिए। यही कारण जनतालाई सार्वभौम भनिएको हो। जनता देशका वास्तविक मालिक हुन्।”

देउवाले अहिलेसम्म आफूले जितेका सबै चुनाव प्रत्यक्ष निर्वाचनमार्फत भएको उल्लेख गर्दै भने, “कति पटक प्रधानमन्त्री हुन्छस् भन्ने प्रश्न उठ्छ। तर म कहाँ गर्छु र ? जनताले मत दिनुभयो भने रोक्न सक्दिनँ। पार्टीका सांसद र अन्य दलका नेताहरूको सहयोगले प्रधानमन्त्री बन्न पाएको हुँ। यो मेरो सौभाग्य हो।”

उनले जनप्रतिनिधिहरूलाई जनताको सेवामा समर्पित हुन आग्रह गर्दै, “जनताले जिताएर पठाएका हौँ, त्यसैले सबैको पहिलो कर्तव्य जनताको सेवा गर्नु हो” भन्ने धारणा पनि राखे।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com