तनहुँ ।  राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ। शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तीजको अवसरमा आज यहाँ आयोजना गरेको तीज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो।

भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्लाले सम्मान गरे। खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कप्तान भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिए ।

advertisement

कार्यक्रममा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त हुने बताए । गाउँमा मोजाको बल खेल्दै काठमाडौँ पुगेको विगत स्मरण गर्दै भण्डारीले भने, “म दाइहरुसँग फुटबल खेल्थे । जहिले पनि गाली खान्थेँ, पिटाइ खान्थेँ । मैले तत्कालीन समयमा गरेको मेहिनतका कारण आज यो ठाउँमा छु ।”

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गुरुङले खेलकुदले हरेक नेपालीलाई एकापसमा जोड्ने काम गरेको बताए। गुरुङले खेलकुदको माध्यमबाट भण्डारीले नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको बताए।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com