काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा लामो समयदेखि प्रतिनिधिसभाको कामकाजमा भाग नलिइरहेको चौथो र पाचौं दलप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएको तत्काल सभामुख घिमिरेले भिजिट भिसा प्रकरणको छानबिनको मागसहित प्रतिपक्षी बेन्चमा बसिरहेका सांसदहरूको अनुपस्थिति औँल्याउँदै भने, “म सहमतिका लागि सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएको छु र अझै सक्रिय छु।”
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सरकारले संवाद नगरेको हुँदा संसदको कामकाज प्रभावित भएको उल्लेख गरे ।
सभामुख घिमिरेले बैठक सुरु हुनासाथ असहमति प्रकट गर्ने र बाहिरिने प्रवृत्ति दीर्घकालीन हानिकारक हुने चेतावनी दिएका छन् । उनले संसद असहमति मात्र प्रकट गर्ने थलो नभई सहमति निर्माण गर्ने केन्द्र पनि भएको जोड दिए।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया