काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग भेट गरेका छन्।
बुधबार बालुवाटारमा भएको भेटमा आगामी मङ्सिर १ र २ गते आयोजना हुने “सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन–२०८२” सम्बन्धी तयारीबारे विस्तृत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
सम्मेलनलाई प्रभावकारी बनाउन संघीय सरकार, नेपाल राष्ट्र बैंक र प्रदेश सरकारबीच आवश्यक समन्वयबारे दुवै पक्षबीच विचारविमर्श भएको बताइएको छ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया