काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षका सांसदहरूले उल्टै आफूहरूमाथि नै मिथ्या आरोप लगाइरहेको भन्दै असन्तुष्टि जनाए।

advertisement

उनले भने, ‘हामीमाथि मिथ्या आरोप लगाइराख्नुभएको छ। सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीमाथि नसकेर हाम्रो नेताहरूको फेक भ्याइस रेकर्डहरू समेत बाहिर छरपस्ट पार्न थालिएको छ। यो शैलीको निन्दा गर्छु।’

उनले विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो नहुने बताए। उनले भने, ‘०८४ मा आम नागरिकले यो शैलीको हिसाब राखेका छन्। त्यो हिसाब निकाल्नेछन्। लोकतन्त्र जुरुक्क उठ्नेछ। जनता बोल्छन् तपाईँहरू बोल्ने ठाउँ हुँदैन।’

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com