काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा पर्याप्त प्राथमिकता नदिएको भन्दै सरकारप्रति प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद तामाङले बजेट विनियोजन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र प्राथमिकता दिइएको आरोप लगाइन्। उनले कर्णाली क्षेत्रका सडक तथा भौतिक पूर्वाधारको विकासका लागि पर्याप्त स्रोत नछुट्याइएको आपत्ति जनाइन्।

advertisement

सांसद तामाङले भनिन्, “सरकारले कर्णालीका सडक र विकासका साधन स्रोत उपलब्ध गराउँदैन। बजेट विनियोजनमा झापा मात्र प्राथमिकता पाउँछ, तर कर्णाली पनि नेपालको भूगोल हो, यसको विकासबिना समृद्ध नेपाल सम्भव छैन।” उनले प्रधानमन्त्रीले कर्णाली विकासका विषयमा अधुरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आलोचना गर्दै, संसदमा नियमित उपस्थितिका लागि व्यवस्था मिलाउनुपर्ने माग पनि राखिन्।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com