काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र क्रान्तिका उपलब्धिहरू जोगाउन आवश्यक परे अर्को संघर्ष गर्नुपर्ने चेतावनी दिएका छन्। बुधबार माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले भने, ‘हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि अहिले विभिन्न दिशाबाट आक्रमण भइरहेछ। यसका बिरुद्ध गणतन्त्रको रक्षा गर्न र देशलाई समाजवादको मार्गमा डोर्याउन अब फेरि जनयुद्धजस्तै महिलाहरूको सक्रिय सहभागिता आवश्यक छ—सदनमा, सरकारमा र सडकमा पनि।’

advertisement

उनले महिलामाथि हुने विभेद र समाजवादी मूल्यको संरक्षणका लागि महिलाहरूको योगदान अपरिहार्य रहेको दाबी गर्दै उनले सबै खाले प्रतिगामी षडयन्त्रविरुद्ध दृढ रहन आह्वान गरे।

अध्यक्ष दाहालले वर्तमान समयमा संविधानमाथि समेत खतराहरू बढेको बताए। ‘अस्थिरता, अराजकता र भ्रष्टाचार संस्थागत हुँदै गएको छ। संविधानका उपलब्धिहरू जोखिममा पर्न सक्ने अवस्था सिर्जना भएको छ,’ उनले थपे।

उनले सम्मेलनमा उपस्थित सबैलाई समाजवाद र महिलामाथिको विभेद अन्त्य गर्न महान् आन्दोलनमा अगाडि बढ्न प्रेरित गरे।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com