काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जालहरू छिट्टै बन्द हुने संकेत गरेका छन्।

उनले सामाजिक सञ्जालले विगतमा ल्याएका अव्यवस्थित अभ्यासहरूलाई इंगित गर्दै भनेका छन्, ‘सञ्जाल बन्द भएर केही समय नखुल्दासम्म त्यसले खल्बल्याएका असल सामाजिक परम्पराहरू पुनःस्थापित गर्न प्रयास गरौँ, त्यो सुखद अनुभूति हुनेछ।’

सरकारले तोकेको म्याद बुधबार राति १२ बजे सकिएसँगै फेसबुकसहितका लोकप्रिय सामाजिक सञ्जाल बन्द गर्ने तयारी भइरहेको बताइएकाे छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com