काठमाडौं ।  नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेमाथि बनेको डिप फेक समाचार सम्बन्धमा दायर भएको मुद्दालाई लिएर प्रश्न उठाएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाग्लेले डिप फेक न्युजविरुद्ध कानुनी बाटो रोजेको कदमलाई सकारात्मक बताए पनि रास्वपाकै नाममा सञ्चालन हुँदै आएको ट्रोल र डिप फेक गतिविधिबारे जवाफ दिनुपर्ने टिप्पणी गरेका छन्।

उनले रास्वपाका नेता–कार्यकर्ताले अरू दल र नेतामाथि मिथ्या प्रचार, चरित्र हत्या, गालीगलौज, गलत सूचना र फोटो/भिडियो म्यानिपुलेसनलाई दैनिक प्रयोग गर्दै आएको आरोप लगाए। “तपाईंलाई लक्षित गलत सामग्री साइबर क्राइम हुन्छ भने अरू दलका नेतामाथि गरिएको चाहिँ अपराध होइन?” भन्दै उनले प्रश्न उठाए।

बस्नेतका अनुसार रास्वपाले सुरुदेखि नै डिजिटल भीड निर्माणलाई मुख्य हतियार बनाउँदै आएको छ। उनले वाग्लेप्रति लक्षित सामग्रीलाई अपराध मान्ने तर अन्य दलका नेतामाथि गरिएको गतिविधि उपेक्षा गर्नु द्वैध व्यवहार भएको आरोप लगाएका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com