काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने समाचार बाहिर आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद राणाले जीएसआई प्रस्तावबारे प्रश्न गर्दै भने, ‘छलफलको एजेन्डामा समावेश नभएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय बाहिर आएको छ। यस सम्बन्धमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्छ।’
सांसद राणाले यस विषयमा पारदर्शिता र पूर्ण जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले संसद्मै स्पष्ट रूपमा स्थिति बताउनुपर्ने बताएका छन्।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया