काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमार्फत अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउन खोजेको आशंका व्यक्त गरेको छ।
पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमनको आवश्यकता त हुने भए पनि सरकारले चालिरहेका कदमहरूले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने संकेत देखाएको टिप्पणी गरे।
उनले भने, ‘यो विषयमा हामी गम्भीर अध्ययन गरिरहेका छौँ। अध्ययनपछि आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ। तर पहिलो नजरमै सरकार अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न उद्धत देखिन्छ।’
बैठकले सामाजिक सञ्जाल नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास भइरहेको ठहर गरेको सापकोटाले जानकारी दिए।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया