काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मल अभावले किसान अत्यन्तै पीडित भएको भन्दै नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएको कारण पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए।

advertisement

उनले नेपाल कृषि प्रधान देश भएको उल्लेख गर्दै कृषि उपजमा आत्मनिर्भर हुने गरी अर्गानिक खेतीतर्फ लाग्न सबैलाई आग्रह गरे।

देउवाले भने, ‘किसान दाजुभाइहरू मल नपाएर दुखित छन्। हामीले मलको व्यवस्था गर्न सकेका छैनौँ। यसको समाधानका लागि नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्ने आवश्यकता छ। हामी सबैलाई फाइदा हुन्छ र आत्मनिर्भर हुनसक्छौँ।’

उनले जे कुरामा पनि विदेशकै भर पर्दा भविष्यमा समस्या आउनसक्ने उल्लेख गर्दै कृषि उत्पादन बढाई आत्मनिर्भरताको बाटोतर्फ अघि बढ्न जरुरी रहेको बताए।

 

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com