रुकुम। रूकुम पूर्वमा प्रहरीको भ्यान दुर्घटना हुँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

शनिवार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान सडकबाट करिब ८० मिटर तल खसेको हो। त्यसमा सवार दुई जना डिएसपीसहित ६ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

मृत्यु हुनेमा रोल्पा घर हुने प्रहरी जवान लक्ष्मण पुन छन्। उनीसहित गाडीमा सवार रहेका ६ जनाको उपचारको लागि हेलिकप्‍टरमार्फत् नेपालगन्ज लगिएको थियो।

जसमध्ये दुई जना प्रहरी नायब उपरीक्षक समेत छन्। रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते थिए।

घाइतेहरूको नेपालगन्जमा रहेको कोहलपुर मेडिकल कलेजमा तीन जनाको र नर्सिङ अस्पतालमा दुई जनाको उपचार भइरहेको छ।

दुर्घटनामा परी चालक तथा प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दुई जना डिएसपीको अवस्था भने सामान्य नै छ। प्रहरी जवान इन्द्र घर्ती पनि घाइते रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com