काठमाडौं ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २८ वर्षीय लोप्साङ बम्जन, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २६ वर्षीय सुमन तामाङ तथा नुवाकोटको शिवपुरी–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३० वर्षीय कुमार तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

गत साउन १२ गते गोकर्णेश्वर–५ बाहुनधारास्थित सडक खण्डमा सामूहिक रुपमा पीडितलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका तीनै जनालाई ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com