काठमाडौं । जेनजी आन्दोलन थप उग्र बनेपछि उपत्यकास्थित प्रहरी प्रशासन पूर्ण रूपमा संकटमा परेको छ। राजधानीका विभिन्न प्रहरी वृत्त र पोष्टमा प्रदर्शनकारीले आगजनी र तोडफोड थालेपछि सुरक्षाकर्मीहरू हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन्।

प्रहरी स्रोतका अनुसार उपत्यकाका १४ वटै प्रहरी वृत्तका थुनुवा एकैपटक छाडिएका छन्। नियन्त्रण क्षमताभन्दा बाहिर पुगेको परिस्थितिमा प्रहरीहरूले आफ्ना हतियार समेत सुरक्षित गर्न नसकी सादा पोशाकमा बाहिरिनु परेको हो।

advertisement

उपत्यकाको सुरक्षाको जिम्मेवारी कसरी व्यवस्थापन गरिने भन्ने ठूलो चुनौती सरकार र सुरक्षा संयन्त्रसमक्ष खडा भएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com