काठमाडौं । देशका तीनै संवैधानिक अंग—व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत—आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन्।
तीनै निकायका मुख्य भवनहरूमा प्रदर्शनकारीले प्रवेश गरी व्यापक तोडफोड र आगजनी गरेका छन्। सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरूले परिस्थितिको नियन्त्रण आफूहरूसँग नभएको बताउँदै संयुक्त विज्ञप्ति जारी गरी तत्काल समाधानको लागि सबै पक्षलाई अपिल गरेका छन्।
अहिले नयाँ बानेश्वरस्थित संसद भवन पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा रहेको छ र त्यहाँका सम्पूर्ण भौतिक संरचनाहरू क्षतिग्रस्त छन्। प्रदर्शनकारीहरूले आगजनीसमेत गरेका छन्।
त्यस्तै, सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै न्यायिक भवनहरूमा पनि प्रदर्शनकारीले प्रवेश गरी आगजनी र तोडफोड गरेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया