काठमाडौं ।  धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् ।

कैदीबन्दीहरूले बुधबार (भदौ २५) बिहानैदेखि कारागारमा आगजनी र ढुंगामुढा गरेका थिए । कारागारको भित्री गेट बिहानै तोडेका थिए । पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि नेपाली सेना परिचालन गरिएको थियो ।

advertisement

दिउँसो आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको हो ।

 

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com